एजेन्सी, २७ बैशाख । अमेरिकाकी उप–राष्ट्रपति माइक पेन्सकी सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
माइक पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बीबीसीका अनुसार उनलाई शुक्रबार कोरोना पोजेटिभ देखिएको हो ।
बिहिबार मात्रै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका एक सहयोगी कोरोनाभाइरसद्वारा संक्रमित थिए ।
अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख माथि छ । मृतकको संख्या ७६ हजार बढी छ ।