जेरुसलम, २६ बैशाख । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ सरकार गठनका लागि बाटो खोलिएको छ ।
राष्ट्रपति रेउभेन रिभ्लीनले प्रधानमन्त्री नेतान्याहुलाई संसदमा भएको अर्को दलसँग पनि मिलेर संयुक्त सरकार बनाउन आग्रह गरेका हुन् ।
नेतान्याहुले विपक्षी दलका नेता तथा आफ्ना प्रतिस्पर्धी बेन्नी गान्जको ब्लु एन्ड ह्वाईट पार्टीलगायतसँग शक्ति बाँडफाँड गरेर सरकार बनाउने तयारी गरिहेका छन् ।
प्रधानमन्त्री नेतान्याहु इजरायलको इतिहासमा अहिलेसम्म सवैभन्दा लामो समयसम्म प्रधानमन्त्री बनेर रेकर्ड राखेका छन् । तर उनलाई केही समयअघि भ्रष्टचारको आरोप लागेको छ ।
प्रधानमन्त्रीलाई नयाँ सरकार बनाउन दुई हप्ताको समय दिइएको छ ।
बिहीबार इजरायलको संसदले नयाँ सरकार गठन गर्न सजिलो हुने नयाँ व्यवस्था गरेर दुई कानुन संशोधन गरेको थियो ।