birat ribon

भारतले लिपुलेकमा बाटो बनाएको विषयमा थापाको विरोध

Neuro
भारतले लिपुलेकमा बाटो बनाएको विषयमा थापाको विरोध

काठमाडौं, २६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।

उनले यसको विषयमा सरकारले अविलम्ब कदम चाल्नु पर्ने बताए ।

cura insider

अध्यक्ष थापाले शुक्रबार ट्विट गर्दै यसबारे अविलम्ब आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग गरेका छन् ।

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन समेत गरेका छन् ।

jackson ribon