birat ribon

अलपत्र परेकाहरुलाई स्वदेश फर्काउन सांसदहरुको माग

Neuro
अलपत्र परेकाहरुलाई स्वदेश फर्काउन सांसदहरुको माग

काठमाडौं, २६ बैशाख । सांसद दुर्गा पौडेलले कोरोना भाइरसको कारण लकडाउन लागू गरेपछि भारतमा समस्यामा रहेका २५ हजारभन्दा बढी नेपालीलाई स्वदेश फर्काउन सरकारसँग अग्रह गरेकी छिन् ।

cura insider

सीमा क्षेत्रमा क्वारेन्टाइनमा रहेका र भारतका अन्य क्षेत्रमा अलपत्र परेका २५ हजार बढीलाई सुरक्षित नेपाल फर्काउन उनले आग्रह गरेकी हुन् ।

भारतको विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीहरुले खाना समेत नभएको अवस्थामा तत्काल उद्धार गर्न उनको माग छ ।

भारतको हलद्वानीमा रहेको क्वारेन्टाइनमा १७ जना छन् । उनीहरुलाई खाना दिन सक्दैनौ भने क्वारेन्टाइनबाट निकालिएको भन्दै उनले अहिले उनीहरुको अवस्था दयनीय रहेको बताइन् ।

यस्तै पलियामा २ सय जना रहेको छन् । उनीहरुलाई क्वारेन्टाइनमा हुँदा एक छाक दिइयो र अहिले निकालिएको उनले सदनमा जानकारी गराइन् ।

सरकारले रोजगारीका लागि विभिन्न मुलुकमा गएका नेपालीहरुलाई प्राथमिकताका हिसाबले नेपाल ल्याउने भनेपनि भारतमा रहेकाहरुलाई ल्याउने विषयमा केही योजना नभएको प्रति दुःख समेत व्यक्त गरिन् ।

सांसद प्रेम सुवालले भारत लगायत तेस्रो मुलुकमा रहेका नागरिकहरुलाई उद्धार गर्ने तर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले खुला सीमाका कारण नेपाल र भारतमा एक देशबाट अर्को देशमा जोखिम बढेकाले त्यसतर्फपनि सरकारले ध्यान दिनुपर्ने बताए ।

सांसद सुवालले लक डाउनको अवधिमा राहत वितरणमा पक्षपात भएको, समयमै स्वास्थ्यकर्मीलाई पीपीइ लगायतका समग्री उपलब्ध नगराएको र निजी अस्पतालमा विरामीको उपचार नगरिएको गुनासाहरुको बारेमा स्वेतपत्र जारी गरी दोषिलाई कारवाही गर्न पनि माग गरे ।

jackson ribon