birat ribon

आइतबारबाट सबै बैंक खुल्ने

Neuro
आइतबारबाट सबै बैंक खुल्ने

काठमाडौं, २६ बैशाख । आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुला हुने भएका छन् ।

२४ बैशाखको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी आइतबारबाट बैंकका सबै शाखाहरु खुला हुने भएका हुन् ।

cura insider

सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सोही निर्णयका आधारमा आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाका शाखा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सरकारको निर्णयअनुसार आवश्यकताका आधारमा एकतिहाइ कर्मचारी राखेर शाखा सञ्चालनमा ल्याउन लागिएको बताए ।

नेपाल बैंकर्स सङ्घले सबै बैंकका सम्पूर्ण शाखा खोल्न आग्रह गरेको छ ।

एक पटकमा शाखा कार्यालयमा पाँच जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ ।

‘लकडाउन’को अवधिमा बैंकले आलोपालो सेवा दिँदै आएका थिए ।

शाखा कार्यालय नजिक रहेका एटिएम काउन्टर बन्द गरिएका थिए भने अन्य स्थानमा एटिएम सञ्चालनमा ल्याइएको थियो ।

jackson ribon