birat ribon

कोरोना रोकथाम र नियन्त्रणको लागि २ खर्बको प्याकेज ल्याउन सुझाव

Neuro
कोरोना रोकथाम र नियन्त्रणको लागि २ खर्बको प्याकेज ल्याउन सुझाव

काठमाडौं, २६ बैशाख । कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि २ खर्ब रुपैयाँको आर्थिक प्याकेज ल्याउन नेपाली कांग्रेस निकट गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सरकारलाई सुझाव दिएको छ ।

cura insider

प्रतिष्ठानका अध्यक्ष एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको संयोजकत्वमा गठित राहत तथा आर्थिक प्रवद्र्धन प्याकेज अध्ययन समितिले सरकारका लागि २१ वटा कामको खाका तयार गरी सुझाव दिएको हो ।

प्रतिष्ठानले नागरिकलाई सुरक्षाको अनुभुति दिलाउन २ खर्ब रुपैयाँको कोरोना प्याकेज ल्याउन सुझाव दिएको छ ।

शुक्रबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा पूर्वमन्त्री जोशीले परीक्षणको दायरा बढाइनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा काम गर्नुपर्ने, रोजगारी गुमाई अप्ठेरोमा परेकालाई आर्थिक सहयोग गर्नुपर्ने लगायतका सुझाव समेटिएको छ ।

लकडाउनलाई क्रमिक रुपमा खुलाउनुपर्ने, कृषि उत्पादनमा लगानी बढाउने, साना तथा मझौला उद्योगलाई विशेष सहयोग गर्नुपर्ने र २ खर्ब रुपैयाँ बराबरको कोरोना केन्द्रीत आर्थिक प्याकेज ल्याउनुपर्ने लगायतको सुझाव दिइएको जोशीले बताए ।

jackson ribon