काठमाण्डौ , २६ बैसाख । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै चिनियाँ नागरिकहरुले काठमाण्डौ सिंह दरबार अगाडि प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको छ ।
शुक्रबार अपरान्ह्र भएको झडपमा ४ जना चिनियाँ नागरिक र महानगरीय प्रहरी वृत सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत र एक प्रहरी जवान घाइते भएका छन् ।
लकडाउन उलङ्घन गरी निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले चिनियाँ नागरिकहरुलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो ।
प्रहरीले उनिहरुको भिडलाई तितरबितर पार्न खोज्दा चिनियाहरु प्रहरी माथि नै जाइलागेका थिए ।
प्रदर्शन गर्न पुगेका सबै चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरुले यसअघि पनि स्वादेश फिर्ता हुन पाउनुपर्ने भन्दै दूतावाससँग आग्रह गरेका थिए ।