birat ribon

पाकिस्तानमा लकडाउन खुकुलो पारिने

Neuro
पाकिस्तानमा लकडाउन खुकुलो पारिने

इस्लामाबाद, २६ वैशाख । पाकिस्तानले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न लगाएको लकडाउन खुकुलो बनाउने भएको छ ।

cura insider

भोलि शनिबारदेखि खुकुलो बनाउँदै लैजाने घोषणा गरेको पाकिस्तान सरकारले गरेको हो ।

कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि आमजनताको दैनिकी कष्टकर बन्दै गएपछि लकडाउन खुकुलो बनाउन लागिएको हो ।

प्रधानमन्त्री इमरान खानले बिहीबार लकडाउनलाई खुकुलो बनाउने तयारी गरिएको जानकारी दिँदै लकडाउनबाट आम मजदूर, साना व्यवसायी र सर्वसाधारण जनतालाई बढी नै समस्या परेको बताए ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या २५ हजार नाघेको छ । ५ सय ९४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

पाकिस्तानमा कोरोनाभाइरसका बिरामी देखिएपछि गत मार्चदेखि लकडाउन जारी छ । बजार, व्यवसाय, सपिङ सेन्टर र कार्यालयहरु बन्द हुँदा मुलुकको अर्थतन्त्रमा नराम्रो असर परेको छ ।

jackson ribon