birat ribon

एक करोड १० लाख भारुको ‘कनेक्सन ’ नेपाल की भारत ?

Neuro
एक करोड १० लाख भारुको ‘कनेक्सन ’ नेपाल की भारत ?

विराटनगर , २६ बैसाख । विराटनगर भन्सारको संयुक्त्त जाँच चौकीमा शसस्त्र प्रहरीले चेकजाँच गर्नेक्रममा २३ बैसाख दिउँसो बरामद भएको १ करोड १० लाख भारतीय रुपैया कस्को थियो भन्ने रहस्य अझै खुलेको छैन ।

बरामद भएको रुपैया शसस्त्र प्रहरीले सोही दिन आवश्यक कार्वाहीकालागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा जिम्मा लगाइसकेको र लकडाउनको समयमा त्यसको अनुसन्धान पनि नभएकोले त्यत्रो धेरै परिमाणको रुपैया कस्को थियो भन्ने रहस्य अझै खुल्न नसकेको हो ।

cura insider

२३ बैसाख दिउँसो १ बजे लकडाउनको समयमा नेपाल भारत संयुक्त्त जाँच चौकी –आइसिपी) बाट भन्सार जाँचपास भएर आएको भारतीय नम्बर डब्लुबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक चेकजाँच गर्ने क्रममा मंगलबार दिउँसो १ बजे प्रहरीले १ करोड ९ लाख ७९ हजार ५ सय भारतीय रुपैया बरामद भएको थियो ।

नगद रुपैया सँगै प्रहरीले भारत दार्जिंलिङ सिलगढी गंगानगर ५ का २८ बर्षिय रविकुमार शर्मा , विहार राज्यको महजुर जिल्ला रौतिनियाका १८ बर्षिय पप्पुकुमारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कंकालिनी गण मोरङका एसपी नेत्र कार्कीका अनुसार पक्राउ परेका मानिश र रुपैया दुवै राजस्व अनुसन्धानलाई बुझाई सकेकोले आफुहरुको जिम्मेवारी तत्काललाई सकिएको बताउँछन ।

उनका अनुसार पक्राउ परेका चालक र सहचालकहरुले पनि पैसा कस्को भन्ने बताउन सकेनन ।

बरामद भारु र दुई जना चालक राजस्वको जिम्मा

जिल्ला प्रहरी मोरङ स्रोतका अनुसार शसस्त्र प्रहरीले भारु बरामद गरेर राजस्वमा बुझाएकोले यसबारे थप अनुसन्धान गर्न नेपाल प्रहरीले पनि चासो दिएको छैन ।

तर घटनाबारे चासो लिएर आन्तरिक रुपमा बुझने काम भने प्रहरीले गरिरहेको छ । प्रहरीले लकडाउनको समयमा भित्रिएको पौने दुई करोड बरावरको नेपाली रुपैया कस्ले किन र केकालागि जोखिम मोलेर विराटनगर भित्रयायो होला भनेर सर्च गरिरहेको छ ।

तर बरामद रुपैयाबारे आफुसँग कुनै सुराकी पनि नभएको र मुद्दा पनि दर्ता नभएकोले प्रहरीले घटनामा चासो देखाएर बुझने मात्र काम गरेको छ अनुसन्धान गर्न पाएको छैन ।

मोरङ प्रहरीका एक अधिकृतका अनुसार नेपाल प्रहरीले रकम बरामद गरेको भए थप गहन अनुसन्धान गरेर पैसा भित्रयाउने धनी खोज्न बाध्य हुनुपर्ने थियो ।

यता शसस्त्र प्रहरीले पनि घटनाबारे चासो राखेर चेकजाँचलाई कडा बनाउने र थप सुराकी परिचालन गर्ने काम गरिरहेको छ ।

शसस्त्र प्रहरीका एसपी नेत्र कार्की भन्छन , ‘हामी पनि छक्क छौ यत्रो धेरै पैसा कस्ले ल्याएको होला भनेर तर कतैबाट रहस्य खुल्न सकेको छैन ।’

लकडाउनको समयमा भारतीय नम्बर प्लेटको खाली ट्रकमा बोरामा हालेर ल्याएको करोड रुपैया भारु कस्को होला भनेर विराटनगरमा सर्बत्र चर्चा छ ।

विगतमा हुण्डी कारोवारी गर्नेहरु पनि शसंकित बनेका छन । यद्यपी पैसा बरामद भएको ट्रकका चालकले आफुहरु विराटनगरमा रहेको एक डायपर उद्योगको उत्पादन लिन आएको प्रहरीलाई बयान दिएका छन ।

तर उनले दिएको बयान अनुसारको उद्योगका उद्योगीले त्यत्रो रकम लकडाउनको समयमा जोखिम मोलेर ल्याउनुपर्ने कुनै कारण देखिदैन । अर्कोतिर उद्योगीहरुको पृष्ठभूमि पनि शंकास्पद व्यापारसँग जोडिएको पाइदैन ।

यसैले करोड भारु कस्ले र किन ल्यायो भन्ने रहस्यचाँही गर्भमै रहेको छ । यद्यपी पैसा विराटनगरकै कोई न कोही ब्यक्त्तिले योजनामै मगाएको तर सूचना चुहिँदा प्रहरीले पक्राउ गर्न सफल भएको आम चर्चा पनि छ ।

एक जना व्यपारी भन्छन , लकडाउनमा भारतमा फसकेको पैसा योजना बनाएरै नेपाल ल्याइएको हो यहाँका धेरै मानिश संलग्न हुनसक्छन ।’,

चालकहरु भन्छन ,– ‘पैसा हो भन्ने थाहा पाएको भए हामी आफै गायब गरिदिने थियौ’

करोड भारुसँगै पक्राउ परेका भारत दार्जिंलिङ सिलगढी गंगानगर ५ का २८ बर्षिय चालक रविकुमार शर्मा र विहार राज्यको महजुर जिल्ला रौतिनियाका १८ बर्षिय पप्पुकुमारले दिएको बयान अनुसार त्यो पैसा नेपालका कोही पनि व्यक्त्तिको हैन ।

उनीहरुका अनुसार त्यो पैसा भारतमै अबैध कारोवार गर्नेले उनीहरुलाई झुक्याएर भारतमै कतै पठाएको हुनसक्छ । किनभने यो भन्दा अगाडी पनि पटक पटक उनीहरुले त्यसैगरि बोरामा हालेर चियापत्तीको रयापरले बेरेर कुरियर्सले पठाउने गरेको सामान भारतको पश्चिम बंगाल स्थित सिलिगुडी शहरमा पुरयाइदिदै आएका थिए ।

बयान अनुसार उनीहरु प्राय सिलिगुडी खालपाडा नजिक रहेको निधि चिया उद्योगको चिया बिहारका बिभिन्न शहरमा ओसारपसार गर्ने गर्दथे । सोही क्रममा उनीहरु केही दिन अघि बिहार राज्यको फरबिसगन्ज शहर आएका थिए ।

त्यहाँ उनीहरुलाई नेपालको बिराटनगर पुगेर सम्बन्धित उद्योगबाट डायफर (बच्चाले लगाउने कट्टु) लोड गरेर सिलिगुडी पुरयाउन कुरियर मार्फत भनिएको थियो ।

र , सोही आदेश अनुसार उनीहरु खाली ट्रक लिएर जोगबनी नाको संयुक्त्त जाँच चौकी हुदै विराटनगर आइरहेका थिए । र , आउनेक्रममा उनीहरु चेकजाँचका क्रममा पक्राउ परे ।

चालकहरुले सधै लाने बोरोमा यसरी पैसा हुनेगरको आफुले थाहा पाएको भए आफुहरुले नै पच गरिदिने र यसरी पक्राउ पर्नुपर्ने आवश्यकता नै नभएको तर्क गरेका छन ।

यद्यपी त्यत्रो पैसा कसै न कसैले भारतको सिलिगुडी वा नेपालको बिराटनगर छक्याएर पठाउन खोजेको चाँही उनिहरुले स्विकार गरेका छन ।

चालकहरुको बयानलाई आधार मानेर मोरङ प्रहरीको एक टोलीले विराटनगरका शंकास्पद व्यक्त्तिहरुमाथि निगरानी पनि राखिरहेको छ ।

तर अझैसम्म कसैमाथि पैसाको कनेक्सन देखिएको छैन । निगरानीमा संलग्न एक प्रहरीले भने , ‘यो कालो पैसा भएकोले भारतकै कुनै काला कारोवारीकालागि लुकाएर पठाइएको तर संयोक बस नेपाल आइपरयो !’
फोटो , फाइल ।

jackson ribon