birat ribon

बैठक सुरु भएकै दिन राष्ट्रियसभामा ३ अध्यादेश पेश

Neuro
बैठक सुरु भएकै दिन राष्ट्रियसभामा ३ अध्यादेश पेश

प्रधानमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश र २०७७”, “राजनीतिक दलसम्बन्धी (दोस्रो) अध्यादेश, २०७७” पेश गरेका हुन् ।

cura insider

त्यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्वाहाङ्फेले बैठकमा “केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७” पेश गरेका छन् ।

यस्तै बैठकमा पहिलो संविधानसभा सदस्य प्रा. डा. विश्वनाथप्रसाद अग्रवाल र शिवनारायण उराँवको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली जनता दलका तर्फबाट संविधानसभा सदस्य र अग्रवालको ७५ वर्षका उमेरमा गत फागुनमा निधन भएको थियो ।

नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य उराँवको ६१ वर्षका उमेरमा यही वैशाखमा निधन भएको हो ।

jackson ribon