birat ribon

विराट चाेकमा कसले फाल्यो पैसा ?, प्रहरी भन्छ -‘हामी खोज्दै छौं’

Neuro
विराट चाेकमा कसले फाल्यो पैसा ?, प्रहरी भन्छ -‘हामी खोज्दै छौं’

विराटनगर, २६ बैशाख । पूर्व पश्चिम राजमार्गको मोरङको बिराटचोक खण्डमा फालेको अवस्थामा १०-२० रुपैयाँको नोट भेटिएको छ ।

शुक्रबार दिउँसाे बुलेरो गाडीबाट आएकाले १०- २० रुपैयाँको नोट सडक किनारमा फालेकाे अवस्थामा भेटिएको हो ।

cura insider

विराटचोक बजार क्षेत्रमा १० र २० को नोट फालेर बाेलेराे गाडी भागपछि स्थानीय त्रसित बनेका छन । कोरोना महामारी त्रासका बेला पैसा फालिएपछि स्थानीय त्रसित बनेका हुन ।

बोलेरो गाडीबाट पैसा फालिएको गुनासो आएपछि अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका इञ्चार्ज प्रहरी निरिक्षक ऋषिराज ढकालले बताए । सीसी टिभी फुटेजका आधारमा अनुसन्धान सुरु गरेको उनले बताए ।

‘सर्टको गाजीमा बोकेको बेला पैसा हावाले उडाएको पनि हुनसक्छ ।’ उनले भने ‘ हामी गाडी खोज्दैछौं । गाडी भेटिएपछि थप विषय पत्ता लाग्छ ।’

सीसी क्यामेरामा बुलेरो गाडी देखिएपछि गाडी नम्बर भने स्पष्ट देखिएको छैन । गाडी नम्बर मधुरो देखिएको बताउँदै ढकालले लकडाउनमा पास बनाएको गाडी विराटचोक आसपासकै हुनुपर्ने बताए ।

शुक्रबार दिउँसो पैसा फ्यालेर गाडी हिडेपछि प्रत्यक्षदर्शी समेत रहेका पत्रकार सुदिप कोइरालाले पैसा पिटेर प्रहरीलाई जिम्मा लगाएका थिए ।

‘ हातमा ग्लब्स लगाएका कारण मैले नै पैसा टिपेर प्रहरीलाई जिम्मा लगाए ।’ उनले भने ‘१०-२० का नोट सडक किनारमा थिए ।’

jackson ribon