birat ribon

बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

Neuro
बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं, २६ वैशाख । पूर्वप्रधानमन्त्री एवम् प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनमा मागेका छन् ।

cura insider

शुक्रबार बजेट अधिवेशनको पहिलो दिन प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको राजीनामा मागेका हुन् ।

भट्टराईले ओलीलाई उपचारपछि आराम गर्नुपर्ने अवस्था आएको भन्दै राजीनामा माग गरेका हुन् । ‘अब प्रधानमन्त्रीज्यूलाई आराम चाहिएको छ । उपचारपछि उहाँको आराम गर्नुपर्ने अवस्था आएको छ । यसैले राजीनामा दिए हुन्छ ।’

यसैगरी भट्टराईले संक्रमणको मारमा परेका बालबालिकालाई परीक्षाले मानसिक तनाव दिएको भन्दै एसईई परीक्षा आवश्यक नभएको प्रष्ट पारे ।

उनले भने, ‘एसईईको परीक्षा लिनु आवश्यक छैन । १२ कक्षासम्म माद्यमिक तह भएपछि १० कक्षाको परीक्षा लिनु आवश्यक छैन । आआफ्नो विद्यालयले उचित नम्बर दिएर बालबालिकालाई चिन्तित नबन भने पुग्छ ।’

jackson ribon