birat ribon

विदेशमा अलपत्र परेकाहरुलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन

Neuro
विदेशमा अलपत्र परेकाहरुलाई तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन

काठमाडौं, २६ बैशाख । विदेशमा अलपत्र परेका र विदेश घर आउन चाहेकाहरुलाई तत्कालै स्वदेश फर्काउने व्यवस्था मिलाउन प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारलाई निर्देशन दिएको छ ।

cura insider

समितिको शुक्रबार बसेको बैठकले फर्काएपछि उनीहरुलाई नेपालमा कसरी राख्ने भन्ने विषयमा समेत काम छिटो गर्न आदेश दिएको छ ।

विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित तबरबाट तत्काल नेपाल फर्काउन सर्वोच्च अदालतले दिएको परमादेशको परिपालना गर्न पनि सरकारलाई निर्देशन दिएको समितिका सभापति विमल श्रीवास्तवले बताए ।

यसैगरी बैठकले लकडाउनको समयमा स्वदेशभित्र रहेका मजदूरले भोग्नुपरेको समाधान गर्न र ती मजदूरलाई आवश्यक सहयोग उनीहरुको खाना तथा बस्ने प्रबन्ध मिलाउ पनि निर्देशन दिएको छ ।

jackson ribon