birat ribon

कोरोना संक्रमितको उपचारमा खटिने २५ फ्रन्टलाइनर घर फर्किए

Neuro
कोरोना संक्रमितको उपचारमा खटिने २५ फ्रन्टलाइनर घर फर्किए

विराटनगर, २६ वैशाख । कोरोना संक्रमितको उपचारमा खटिने २५ फ्रन्टलाइनर क्वारेन्टाइनको बसाइपछि घर फर्किएका छन् ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका ३१ कोरोना संक्रमितको उपचारमा पहिलो चरणमा खटिएका २५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनको बसाइपछि डिस्चार्ज भएका हुन् ।

cura insider

५ वैशाखमा १२ बिरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेको उपस्थितिमा डिस्चार्ज गरिएको हो ।

उनीहरु इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा थिए । चिकित्सकको साहसका कारण कोरोनालाई परास्त गर्न सफल भएको मन्त्री घिमिरेले बताए ।

पहिलो चरणमा डा. डेनप्रसाद आचार्यको नेतृत्वमा २५ जनाको टिम खटिएको थियो । ७ दिन अस्पतालमा बसेको टिम १४ दिन क्वारेन्टाइनमा बसेर कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज भएका हुन् ।

अस्पतालमा भर्ना भएका संक्रमितमध्ये बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

jackson ribon