birat ribon

धन्यवाद प्रदेश सरकार, शुक्रिया चिकित्सक टोली

Neuro
धन्यवाद प्रदेश सरकार, शुक्रिया चिकित्सक टोली

विराटनगर, २६ वैशाख । कोरोना संक्रमितको उपचारमा खटिने फ्रन्टलाइनरलाई मुस्लिम अगुवाले धन्यवाद ज्ञापन गरेका छन् ।

शुक्रबार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रबाट ८ जनालाई डिस्चार्ज गर्ने क्रममा पुगेका मुस्लिम अगुवाहरुले प्रदेश सरकार, सुरक्षाकर्मी र उपचारमा खटिने चिकित्सकलाई धन्यवाद ज्ञापन गरेका हुन् ।

cura insider

डिस्चार्जका क्रममा मुस्लिम अगुवाहरू प्ले कार्ड बोकेर उपस्थित भएका थिए ।

उनीहरूले शुक्रिया चिकित्सक, टोली, धन्यवाद, प्रहरी, सुक्रिया प्रदेश सरकार लेखिएको प्लेकार्ड बोकेका थिए ।

विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा ३१ जना भर्ना भएका थिए ।

सजमा २८ जना मुस्लिम समुदायका थिए । संक्रमितमध्ये बुधबार ६ जना र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

jackson ribon