birat ribon

थप एक जनामा कोरोना, संक्रमितको संख्या १ सय २ पुग्यो

Neuro
थप एक जनामा कोरोना, संक्रमितको संख्या १ सय २ पुग्यो

काठमाडौं, २६ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ ।

cura insider

शुक्रबार थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १ सय २ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयमित पत्रकार सम्मेलनमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको हो ।

मन्त्रालयका अनुसार नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

संक्रमितमध्ये ३० जना निको भएर घर फर्किएका छन् । शुक्रबार मात्र विराटनगरबाट ८ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् ।

jackson ribon