प्रदेश नं १ मा बजेट निर्माण प्रकृया धमाधम

रंगेली २६ वैशाख । कोरोना भाइरस नियन्त्रणका लागी भइरहेको बन्दाबन्दिको समयमा प्रदेश नं १ सरकारले बजेट निर्माणको तयारी सुरु गरेको छ ।

प्रदेश नं १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७ । ०७८ कालागी बजेट निर्माण प्रक्रिया सुरु गरेको हो ।

आर्थिक वर्ष २०७७÷७८ कालागी प्रदेश १ का सबै मन्त्रालयलाई बजेटको सिमा दिइसकेको आर्थिक मामिाल तथा योजना मन्त्रालयका उप सचिव हरिहर पौडेलले बताए ।

उनले भने , ‘प्रत्येक मन्त्रालयको बजेट सिमा फरक फरक भएकोले अनलाई मार्फत गोप्य रुपमा २५ बैसाखमै परिपत्र पठाइ सकेका छौ १५ जेठ भित्र सबैले योजना पठाइ सक्नु पर्नेछ ।’,

१५ देखि २५ जेठसम्म बजेटमाथि प्रदेश सभामा छलफल हुनेछ । जेठ २६ मा ‘लकअफ’ हुने र त्यसपछि रातो किताब छपाई लगायतका प्रकृया सुरु गरिने उपसचिव पौडेलले जानकारी दिए ।

१ असारमा प्रदेश सरकारले बजेट प्रस्तुत गर्नुपर्ने छ ।

Loading...