फेरि पोग्बासँग खेल्न चाहन्छन् डेबाला

एजेन्सी, २६ वैशाख । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबालाले आफ्ना पूर्वसहकर्मी पाउल पोग्बासँग खेल्ने चाहना रहेको बताएका छन् ।

इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पोग्बासँग पुनः एकै टिमबाट खेल्ने चाहना रहेको डेबालाले बताएका हुन् ।

फ्रान्सेली स्टार पोग्बाले ४ वर्ष टुरिनमा बिताएका थिए ।

सन् २०१२ देखि २०१६ सम्म सिरी ‘ए’ खेलेका पोग्बाले दुई एक वर्ष अर्जेन्टिनी स्टार डेबालासँग एकसाथ खेलेका थिए ।

एक सिजन पोग्बासँग बिताएका डेबालाले भविष्यमा उनको सहकर्मी भएर खेल्ने इच्छा व्यक्त गरेका हुन् ।

पोग्बा आफ्नो मिल्ने साथी भएको बताउँदै डेबालाले भने, ‘पोग्बालाई म एक खेलाडीभन्दा पनि राम्रो साथीको रूपमा हेर्छु । मैले उनीसँग धेरै राम्रो कुराहरू शेयर गर्ने अवसर पाएँ । मलाई आशा छ म त्यो दिन फेरि पनि दोहोर्‍याउने छु ।’

Loading...