birat ribon

कोरोना भाइरससम्बन्धी वैज्ञानिक आधार नभएका सुझावहरू

Neuro
कोरोना भाइरससम्बन्धी वैज्ञानिक आधार नभएका सुझावहरू

एजेन्सी, २६ वैशाख । विश्व कोरोना भाइरसको महामारीसँग जुझिरहेको बेलामा विभिन्न स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन् जसको कुनै वैज्ञानिक प्रमाण छैन ।

यस्ता सुझावहरू सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल हुने गर्छन् ।

cura insider

केही दिनअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डिसइन्फेक्ट्यान्टलाई बिरामीको शरीरमा सुईमार्फत् लगाउन सकिने बताएका थिए ।

डिसइन्फेक्ट्यान्टले सतहमा रहेका भाइरसहरू मात्रै मार्ने र यसको सेवन गर्नु वा सुईबाट शरीरमा दिँदा ज्यानसम्म जान सक्ने हुन्छ ।

साथै, यसले भाइरसलाई पुर्‍याउने असरबारे कुनै प्रमाण फेला परेको छैन ।

सूर्यको प्रत्यक्ष किरण परेको अवस्थामा सतहमा भाइरस लामो समयसम्म बाँच्न नसक्ने केही प्रमाण देखिएपछि राष्ट्रपति ट्रम्पले बिरामीहरूलाई पराबैजनी किरणको प्रकाश दिएर उपचार गर्न सकिने पनि बताएका थिए ।

तर, त्यसले मानिसका कोषहरूलाई नष्ट पार्न सक्ने हुँदा पराबैजनी किरण कोरोनाभाइरस सङ्क्रमणको उपयुक्त उपचार हो भन्ने प्रमाण छैन ।

राजस्थान राज्यका कांग्रेस पार्टीका सांसद भरत सिंहले कोरोना भाइरसलाई रक्सीको प्रयोग भएको स्यानीटाईजरले हात धोएर हटाउन सकिन्छ भने मदिराको सेवनले भाइरसलाई घाँटीबाटै अवश्य हटाउन सकिने बताएका थिए ।

तर, विश्व स्वास्थ्य सङ्गठनले मदिरा सेवन भाइरस रोकथामको उपाय नभएको जनाउँदै मदिराले अरू स्वास्थ्य समस्या बढाउने उल्लेख गरेको छ ।

त्यस्तै, भारतका लोकप्रिय योगगुरु रामदेवले वयस्क व्यक्तिले स्वस्थ्य रहन पूरै एक मिनेट र ज्येष्ठ नागरिकले ३० सेकेन्ड सास रोक्नुपर्ने बताएका थिए ।

उनले यदि कसैले त्यसरी सास रोक्न सकेन भने शरीरमा भाइरस रहेको सङ्केत गर्छ भनेका थिए ।

साथै, बाबा रामदेवले नै नाकको प्वालमा तोरीको तेलको केही थोपा हालेर श्वासप्रश्वासको परीक्षण गर्न सुझाए दिएका हुन् ।

तेलले भाइरसलाई श्वासप्रश्वास प्रणालीबाट तल पेटमा पठाउने हुँदा पेटको अम्लीय पदार्थले भाइरसलाई नष्ट पारिदिने बताएका थिए । तर, यी दुवै कुराको कुनै वैज्ञानिक आधार छैन ।

jackson ribon