birat ribon

कोरोना महामारी नियन्त्रण गर्न प्रदेशमा ‘थ्री टी’ सूत्र

Neuro
कोरोना महामारी नियन्त्रण गर्न प्रदेशमा ‘थ्री टी’ सूत्र

विराटनगर, २६ वैशाख । कोरोना महामारी नियन्त्रणका लागि ‘थ्री टी’ मा ध्यान दिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताएका छन् ।

प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ‘ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्ट’ (खोजी, जाँच र उपचार) लाई मुख्य प्राथमिकता दिएको बताएका हुन् ।

cura insider

सामाजिक विकास मन्त्रालयले कोरोना नियन्त्रणका लागि निर्देशिका बनाएरै काम गरिरहेको उनले बताए ।

उनका अनुसार सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता नेतृत्वको टिमले ट्रेसिङ टिम गठन भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवको नेतृत्त्वमा टेष्टिङ (परिक्षण) टिम गठन भएको छ ।

कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेन्टेन्ड डा. संगीता मिश्राको नेतत्त्वमा ट्रिटमेन्ट (उपचार) गर्ने टिम बनाइएको मन्त्री घिमिरेले बताए ।

उपचार टीममा टिममा डा. दीपक सिग्देल र डा. डेनप्रसाद आचार्यलगायत अन्य स्वास्थ्यकर्मीहरू रहेको उनले बताए ।

jackson ribon