birat ribon

शीतल निवासमा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

Neuro
शीतल निवासमा राष्ट्रपति भण्डारी र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं, २६ वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

cura insider

राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख सापकोटाले शुक्रबार भेटघाट गरेका हुन् ।

भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्डअनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउएका थिए ।

आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको संघीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उनीहरूबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए । रासस

jackson ribon