birat ribon

संक्रमितको सूचिमा पाचौं नम्बरमा रुस, एकै दिन १० हजार बढी संक्रमित

Neuro
संक्रमितको सूचिमा पाचौं नम्बरमा रुस, एकै दिन १० हजार बढी संक्रमित

एजेन्सी, २६ वैशाख । तीब्र रूपमा विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण केही दिनयता रुसमा संक्रमितको संख्या बढिरहेको छ ।

cura insider

त्यस्तै संक्रमितको संख्यामा सातौं नम्बरमा रहेको रुस अहिले अगाडि आएर पाचौं नम्बरमा पुगेको छ ।

वर्ल्डोमिटरका तथ्यांकअनुसार हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचिमा अहिलेसम्मको रुसमा एकै दिन १० हजार बढी संक्रमितहरू रेकर्ड गरिएको छ ।

केही दिनदेखि रुसमा लगातार १० हजार बढी संक्रमितहरू रेकर्ड भइरहेका छन् ।

रुसमा पछिल्लो २४ घण्टामा १० हजार ६ सय ९९ जना संक्रमित थपिएसँगै रुसमा हालसम्म १ लाख ८७ हजार ८ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

झन्डै २ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला भने नयाँ सङ्क्रमितको सङख्या बढ्ने क्रम अझै जारी छ ।

ती संक्रमितमध्ये आज मात्र ९८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १७ सय २३ पुगेको छ भने २६ हजार ६ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।

कोरोना प्रभावितको सूचिमा अमेरिका पहिलो नम्बरमा रहेको छ भने दोस्रो, तेस्रो, चौथोमा क्रमशः स्पेन, इटाली र युके रहेका छन् ।

रुसले फ्रान्स र जर्मनीलाई संक्रमितको संख्यामा उछिन्दै अगाडि आएको हो ।

jackson ribon