birat ribon

सनको सैनिक तालिम पूरा, उत्कृष्ट पाँचमा छनोट हुँदै सेनामा भर्ना

Neuro
सनको सैनिक तालिम पूरा, उत्कृष्ट पाँचमा छनोट हुँदै सेनामा भर्ना

एजेन्सी, २६ वैशाख । इंग्लिस क्लब टोटनह्याम हटस्परका दक्षिण कोरियाली स्टार फरर्वाड सन ह्युङ–मिले सैन्य तालिम पूरा गरेका छन् । सनले तीन हप्ते सैन्य तालिम सम्पन्न गरेका हुन् ।

cura insider

जेजु टापुमा रहेको मारिन क्रप्स बुट क्याम्पबाट उनले तालिम सकेका हुन् । उनलाई उत्कृष्ट पाँचमा छनोट गर्दै सेनामा भर्ना पनि गरिएको छ ।

सैन्य प्रशिक्षणका लागि स्वदेशमा रहेका उनी तालिम सकिएसँगै यसै महिना टोटनह्याम फर्किनेछन् ।

सन केही दिन अगाडि आर्मीको गणमा बन्दुकका साथ देखिएका थिए । काँधमा बन्दुक, मुखमा रुमाल र १ सय ३६ नम्बरको हेल्मेट लगाएर सैन्य प्रशिक्षणमा हिँडेको एक तस्बिर सार्वजनिक भएको थियो ।

सैनिक सेवा पूरा गर्न अप्रिल महिनाको अन्त्यतिर उनी मरीन बुट क्याम्प गएका हुन् । दक्षिण कोरियाको संविधानअनुसार हरेक सबल र सक्षम कोरियाली पुरुषहरूले कम्तिमा दुई वर्ष सैनिक भएर देशको सेवा गर्नैपर्छ ।

तर दक्षिण कोरियाली राष्ट्रिय फुटबल टिमले सन् २०१८ मा ईन्डोनेसियामा सम्पन्न एशियन गेम्समा पुरुष फुटबलतर्फ स्वर्ण पदक जितेपछि भने सनलगायत स्वर्ण पदक विजेता सबै खेलाडीहरूलाई दुई वर्षे बाध्यकारी सैनिक सेवा पूरा गर्नलाई केही छुट दिइएको थियो ।

बाध्यकारी सैनिक सेवाबाट छुट्कारा पाएकासँगै सनको उचाइमा पुगेको फुटबल करिअर पनि जोगिएको थियो । दक्षिण कोरियाले एशियन गेम्समा स्वर्ण जित्न नसकेको भए सनले फुटबलबाट टाढा रहँदै दुई वर्षसम्म सैनिक सेवा गर्नै पर्थ्यो ।

स्वर्ण पदक जित्दै २ वर्षे बाध्यकारी सैनिक सेवाबाट केही छुट पाएका सनले तीन हप्ताको आधारभूत सैन्य प्रशिक्षण र कम्तिमा ५ सय घण्टा सामुदायिक सेवा गर्नुपर्ने हुन्छ ।

टोटनह्यामका २७ वर्षीय कोरियाली फरर्वाड सन फ्रेबुअरीमा प्रिमियर लिगअन्तर्गत एस्टन भिल्लाविरुद्ध खेल्ने क्रममा घाइते भएका थिए । खेलको पहिलो मिनेटमा भिल्लाका खेलाडीसँग ठोक्किएर उनको दाँया हात मर्किएको थियो ।

टोटह्यामका अनुसार चोटको कारण बाँकी सिजन गुमाएका सन प्रिमियर लिग स्थगित भएको मौका पारेर दक्षिण कोरिया फर्किएका थिए ।

आर्मीको प्रशिक्षणपश्चात उनी १४ दिन सेल्फ क्वारेन्टाइनमा रहने अनि मात्र लण्डन फर्किने बताइएको छ ।

jackson ribon