birat ribon

आयुर्वेदिक औषधि र फूलगुच्छा बोकेर बिदा भए कोरोना जित्नेहरू (फोटो फिचर)

Neuro
आयुर्वेदिक औषधि र फूलगुच्छा बोकेर बिदा भए कोरोना जित्नेहरू (फोटो फिचर)

विराटनगर, २६ वैशाख । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १७ दिनको उपचारपछि ८ जना डिस्चार्ज भएका छन् । कोरोनालाई पराजित गर्ने आठजना डिस्चार्ज भएका हुन् ।

शुक्रबार डिस्चार्ज भएकाहरूलाई अस्पतालले आयुर्वेदिक औषधि र फूलगुच्छा दिएर बिदाइ गरेको थियो । डिस्चार्ज भएकाहरूलाई तीन थरीका आयुर्वेदिक औषधि दिएको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले बताइन् ।

cura insider

आन्तरिक क्षमता वृद्धिका लागि च्यवनप्रास, अश्वगन्धा र गिलोई दिइएको हो । उपचारका क्रममा कोरोना लक्षण नदेखिएपछि उनीहरूलाई औषधि चलाइएको थिएन । तर बिदा भएकाहरूलाई भने आन्तरिक क्षमता वृद्धिका लागि आयुर्वेदिक औषधि दिइएको हो ।

९ वैशाखमा त्रसित र हतास मुद्रामा भर्ना भएकाहरू शुक्रबार डिस्चार्ज हुँदै गर्दा हर्षित देखिन्थे । डिस्चार्ज भएका ८ मध्ये एक महिलासहित पाँच जना उदयपुरका, २ जना विराटनगरका र एकजना भारत नयाँ दिल्लीका थिए ।

संक्रमिण मुक्त भएकाहरूलाई क्वारेन्टाइनमा राख्न विराटनगर १५ को रानी मर्कजमा व्यवस्था मिलाइएको छ । डिस्चार्ज भएकामध्ये ६ जना रानी मर्कजमा बस्न तयार थिए । तर एक व्यत्तिीले घर जाने भन्दै जिद्दी गरिरहे ।

मर्कजमा नबस्ने बरु अस्पतालमै बस्ने उनको अडान थियो । चिकित्सकले संक्रमण बल्झिने जोखिम भएकाले क्वारेन्टाइमै बस्नुपर्ने बताएपछि उनी राजी भएका थिए ।

jackson ribon