Rumpum

Rumpum Advertisement

गर्मीको मौसममा सादा पानी पिउँदा बोर भए अपनाउनुहोस् यस्तो तरिका

गर्मीको मौसममा सादा पानी पिउँदा बोर भए अपनाउनुहोस् यस्तो तरिका

विराटनगर, २६ वैशाख । गर्मीको मौसममा उच्च तापक्रमका कारण आउने पसिना, शरीरमा पानीको कमीले गर्दा डिहाइड्रेशन जस्ता समस्याहरू निम्त्याउन सक्छ जुन सामान्य हुन् ।

यस्तो अवस्थामा, शरीरलाई प्रशस्त पानीको आवश्यक हुन्छ । तर, मानिसहरूलाई केवल सादा पानी मात्र पिउन मन लागिरहेको हुँदैन ।

शरीरलाई ताजा र सक्रिय राख्नको लागि विभिन्न प्रकारको पेय पदार्थ पिउनु पनि आवश्यक हुन्छ ।

यसको लागि हामी सधैँ बजारमा पाइने केमिकलयुक्त पेय पदार्थको सेवन गर्न सक्दैनौं ।

र, अहिलेको समयमा गर्मीबाट बच्न र स्वस्थ रहनका लागि घरमा सजिलै विभिन्न पेय पदार्थहरू बनाउन सकिन्छ ।

गर्मीमा तिर्खा मेट्ने र शरीरलाई उर्जा दिने तथा घरमा सजिलै बन्ने पेय पदार्थहरू यस्ता छन् :

कागती पानी : गर्मीमा राहत पाउनका लागि सबैभन्दा सामान्य, सजिलो र स्वास्थ्य विधि भनेकै कागती पानी हो । यो भिटामिन सी को एक राम्रो स्रोत हो । आफ्नो मुड र स्वाद अनुसार कागती पानी पनि बनाउन सकिन्छ । कागती पानीलाई यत्तिक्कै, चिनी हालेर वा कालो नुनको प्रयोग गरेर बनाउन सकिन्छ ।

दहिको लस्सी : यदि घरमा दही छ भने, पानी थपेर अलिक पातलो बनाएर पिउन सकिन्छ । लस्सीमा चिनी, सुकुमेल थपेर पनि बनाउन सकिन्छ भने यसमा जीराको धुलो, कालो नुन राखेर पनि पिउन सकिन्छ । दही आफैंमा एकदम पौष्टिक तत्वहरूले भरिएको हुन्छ । लस्सीको सेवनले गर्मी मौसममा सितलता प्रदान गरेर पेटलाई चिसो बनाउँछ ।

स्वादयुक्त पानी : दिनभर सादा पानी पिएर बोर भएमा पानीमा विभिन्न स्वाद प्रयोग गर्न सकिन्छ । १ गिलास पानीमा ४ देखि ५ ओटा काक्राका स्लाइसहरू, कागतीको रस राखेर पिउन सकिन्छ । यसले पानीको स्वादलाई परिवर्तन गर्नुका साथै, शरीरमा भएको विषाक्त पदार्थलाई बाहिर निकालेर तौल घटाउन पनि मद्दत गर्छ ।

मिल्कशेक – विभिन्न प्रकारका स्वादयुक्त दूधहरू बजारमा उपलब्ध छन् तर, घरमा पनि यसलाई सजिलो तरिकाले बनाउन सकिन्छ । दूधमा चकलेट वा अन्य कुनै पनि फलहरूसँग मिक्स्चरमा पिसेर मिल्कशेक बनाउन सकिन्छ ।