birat ribon

शुक्रबार पनि संघीय सांसदहरुको स्वाब संकलन

Neuro
शुक्रबार पनि  संघीय सांसदहरुको स्वाब संकलन

काठमाण्डौ , २६ बैसाख । संघीय सांसदहरुमा कोरोना भाइरस संक्रमण भएनभएको पत्ता लगाउन शुक्रबार पनि स्वाब संकलन गरिएको छ ।

Padelux insider
cura insider

शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी ६३ जनाको स्वाव संकलन गरिएको हो ।
बजेट अधिवेशन सुरु हुनुअघि बिहिबारबाट सांसदहरुको स्वाव संकलन गर्न थालिएको हो ।

शुक्रबार प्रतिनिधिसभाका १ सय ७९ र राष्ट्रियसभाका ३३ जना गरी जम्मा २ सय १२ जना सांसदहरुको स्वाव संकलन गरिएको थियो ।

शुक्रबारसम्म प्रतिनिधिसभाका २ सय ३२ र राष्ट्रियसभाका ४३ जनाको स्वाव संकलन भैसकेको छ ।

संघिय संसद सचिवालयका अनुसार शुक्रबार सम्म सांसद, कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मी गरी जम्मा ६ सय ९२ जनाको स्वाव संकलन भएको छ ।

बजेट अधिवेशन सुरु हुनुअघि नै सांसदरुको रिपोर्ट आउने र सोही रिर्पोटका आधारमा मात्रै संसद भवनमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई प्रवेश दिइन संसद सचिवालयले जनाएको छ ।

jackson ribon