‘रक्षा नेपाल फाउन्डेसन’ लाई नम्रताको सहयोग

विराटनगर, २६ वैशाख । नेपाली फिल्मकी चर्चित अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल फाउन्डेसन’ मा रहेका किशोरीहरूको लागि खाद्द सामग्री उपलब्ध गराएकी छिन् ।

उनले ‘हाम्रो सानो प्रयास’ अभियानअन्तर्गत सहयोग गरेपछि लिएको भिडियो आफ्नै अधिकारिक फेसबुकबाट सार्वजनिक गरेकी हुन् ।

नम्रतासहित उनको टिमले ‘रक्षा नेपाल’ मा १५ दिनका लागि पुग्ने खाद्द सामग्री तथा हरियो तरकारी लिएर पुगेकी हुन् ।

‘रक्षा नेपाल’ मा ७० जना किशोरी र बालबालिका रहेका छन् । पीपीइ लगाएर पुगेकी उनले आफू फेरि पनि आउने भन्दै बाचा गरेकी थिइन् ।

नम्रतालाई देखेपछि त्यहाँ रहेका किशोरीहरू निकै खुशी भएका थिए । ‘रक्षा नेपाल फाउनडेसन ’ले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।

‘हाम्रो सानो प्रयास’ अभियानमा नम्रताका साथ फिल्म निर्देशक मिन भाम, क्याप्टेन बिजय लामा, पुकार बम, दीपकराज सापकोटा, कर्मा, प्रज्वल दाहाल, घनश्याम खड्का, उपेन्द्रजंग शाही, भिक्टर पौडेल, राजेशप्रसाद खत्री, दीपक हितान र सविन कर्माचार्यलगायतको समूह रहेको छ ।

उनीहरूले दैनिक काठमाडौँ, भक्तपुर तथा ललितपुरमा ३ सयदेखि ५ सय जनालाई खाना खुवाउने तथा खाद्य सामग्री प्रदान गर्दै सहयोग गर्दै आएका छन् ।

Loading...