लकडाउनमा १४ करोडको तरकारी, २६ करोडको फलफूल र ७९ करोडको खादयान्न आयात

यज्ञ अधिकारी
रंगेली २६ वैशाख । लकडाउनपछि प्रदेश १ को मुख्य नाका विराटनगर भन्सारबाट १४ करोडका तरकारी २६ करोडको फलफूल आयात भएको छ ।

लकडाउन अवधि ११ चैत २०७६ देखी २३ बैसाखसम्म विराटनगर भन्सारबाट १३ करोड ५३ लाख १३ हजार मुल्य बराबरको तरकारी र २६ करोड मुल्य बराबरको फलफूल आयात भएको हो ।

यस अवधिमा विराटनगर भन्सारबाट ४ करोड ६३ लाख २१ हजार बरारको १७ लाख २६ हजार ६ सय ७१ केजि आलु आयात भएको छ ।

यसैगरि २ करोड ७३ लाख ५८ हजार मुल्य बरावरको ६लाख ९४ हजार ५ सय ९४ केजी प्याज आयात भएको छ । ७६लाख ४० हजार रुपिँयाको ८४ हजार केजि लसुन आयात भएको छ ।

साढे ५ करोडको हरियो तरकारी आयात

त्यसैगरी ५ करोड ३९ लाख ९४ हजार वरावरको ९ लाख ८४ हजार ९५ केजि हरियो तरकारीहरु आयात भएको छ । हरियो तरकारीहरुमा परवल , भिन्डि , करेला , खोर्सानी लगायत छन ।

साढे २३ करोडको स्याउ मात्र आयात

यसै विचमा विराटनगर भन्सारबाट २६ करोड मुल्य बराबरको फलफुल आयात भएको छ । विराटनगर भन्सारबाट सबै भन्दा बढी आयात भएको फलफुल स्याउ हो ।

यस समयमा स्याउ २३ करोड ४० हजारको आयात भएको छ । स्याउ २७ लाख ९० हजार ६ सय ५५ केजि आयात भएको हो ।

त्यसैगरी ११ लाख ८० हजारको अम्बक र आँप १४ हजार ७ सय ७० केजि आयात भएको छ । ३४ लाख ४२ हजारको सुन्तला ६३ हजार ९ सय ५९ केजि आयात भएको छ ।

७७ लाख ८८ हजारको कागति तथा अमिलो फलफुल ९२ हजार केजि अयात भएको छ । ७३ लाख ५९ हजारको अंगुर १ लाख २ हजार ५ सय ६२ केजि आयात भएको छ ।

त्यसैगरी अन्य ताजा फलफुलहरु ६३ लाख८५ हजारको १ लाख ६९ हजार ७ सय केजि आयात भएको छ ।

खाद्यान्न र दलहनको आयात पनि राम्रो

यसविचमा खाद्यान्न र दलहनको आयात पनि प्रसस्त मात्रमा भइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । १६ करोडको दलहन आयात भइरहदा ६३ करोडको खाद्यान्न आयात भएको छ ।

दलहनमा केराउ दाना ११ करोड ५० लाख २५ हजारको १९ लाख ८८ हजार २ सय केजि आयात भएको छ । बोडी ८१ लाख ८० हजारको ७५ हजार केजि आयात भएको छ ।

त्यसैगरी १ करोड ४ लाख ५८ हजारको सिमी १ लाख २२ हजार ३ सय ९० केजि आयात भयो । २ करोड ३९ लाख ३५ हजारको मुसुरोको दाल ३ लाख ७९ हजार २ सय ४० केजि आयात भएको छ ।

त्यसैगरी खाद्यान्नमा सबै भन्दा बढी मकै आयात भएको देखिन्छ । मकै २८ करोड ५७ लाख६४ हजारको ८४ लाख १३ हजार ३ सय ५१ केजि आयात भएको छ ।

१९ करोड ३ लाख ४२ हजारको धान ३३ लाख ४ हजार ९ सय केजि धान आयात भएकाे छ । गहु,जौ र जुनेलो गरेर ६ करोड ११ लाख ८४ हजारको १८ लाख ४८ हजार ६ सय ३० केजि आयात भएको छ ।

८ करोड ५३ लाख १० हजारको चामल र कनिका १७ लाख ९७ हजार ६सय ६० केजि आयात भएकाे छ । २७ लाख ८ हजारको फापर र कोदो ८२ हजार केजि आयात भएको छ ।

३६ लाख ६८ हजारको च्याखला र पीठो गरेर ७८ हजार केजि आयात भएको विराटनगर भन्सारले जनाएको छ ।

Loading...