Rumpum

Rumpum Advertisement

पेटको समस्या हटाउने आँप खानुका फाइदाहरू

पेटको समस्या हटाउने आँप खानुका फाइदाहरू

विराटनगर, २५ वैशाख । गर्मीको मौसम धेरैलाई मन नपरे पनि गर्मीमा पाइने मौसमी फलफूलहरूको उपस्थितिले गर्मी महशूस हुन दिँदैन ।

गर्मी मौसममा सबलाई मनपर्ने फलफूलमध्ये एक हो फलफूलको राजा आँप । आयुर्वेदका अनुसार, आँपका बोक्रा, जरा, पात, फल, फूल सबै काममा आउँछन् ।

आँप काँचो होस् वा पाकेको, दुवैमा औषधीय गुण हुन्छ ।

आँपमा प्रोटिन, फ्याट, खनिज पदार्थ, कार्बोहाइड्रेट, क्याल्सियम, फोस्फोरस, आइरन, भिटामिन ‘ए’, ‘सी’ र ‘बी’, कपर, जिंक, पोटासियम , मिनरल्स लगायतका पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ ।

आँप जति स्वादिष्ट हुन्छ त्यति नै लाभदायक पनि हुन्छ । गर्मीमा आँपको नियमित सेवनले शरीरलाई गर्ने फाइदाहरू यस प्रकार छन् :

पेटको लागि फाइदाजनक : आँपको सेवनले पेट तथा पाचनसम्बन्धी समस्याहरू समाधान गर्न मद्दत गर्छ । आँपमा पेट सफा गर्ने गुण पनि हुन्छ । आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट मुक्ति गराउँछ । आँपको सेवनले भोक पनि बढ्ने गर्छ ।

ब्लडप्रेसर कन्ट्रोल : आँपको सेवनले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई हटाएर मुटुलाई बलियो बनाउनुको साथै रक्तचापलाई नियन्त्रणमा ल्याउने काम गर्छ । आँपमा प्रशस्त मात्रामा आइरन पाइने हुँदा यसको सेवनले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्याबाट मुक्ति मिल्छ र ब्लडप्रेसर लेवलमा आउँछ ।

रोगप्रतिरोधात्मक क्षमता र स्मरण शक्ति बढाउछ : आँपको सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनमा मद्दत गर्नुका साथै शरीरलाई विभिन्न संक्रमण हुनबाट बचाएर शक्ति प्रदान गर्छ । आँपको सेवनले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउनमा पनि मद्दत गर्छ ।

आँखालाई फाइदाजनक : आँपमा पाइने ‘भिटामिन ए’ ले आँखा तेजिलो बनाउनुका साथै आँखा सम्बन्धी हुने विभिन्न समस्याबाट छुट्कारा पाउन मद्दत गर्छ ।