birat ribon

छोराले बाबुआमाको र सालाले भिनाजुको हत्या गरे

Neuro
छोराले बाबुआमाको र सालाले भिनाजुको हत्या गरे

बिराटनगर, २६ बैशाख । बन्चरो प्रहार गरेर छोराले आफना आमाबाबुको र सालाले भिनाजुको हत्या गरेका छन ।


तेह्रथुमको फेदाप गाउँपालिका ५ ईसिबु बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई र खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले हत्या गरेका हुन ।

cura insider

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार बिहिबार साँझ छोराको बन्चरो प्रहारबाट बाबुआमा दुबैको घटनास्थलमा नै मृत्यु भएको थियो । आमाबाबुको हत्या गरेर फरार भएका लिम्बुलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरेर हत्या गरेका छन् ।

बिहिवार साँझ ७ बजे घरतर्फ फर्कदै गर्दा सालो मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गरेर भिनाजु प्रितिलालको हत्या गरेका हुन ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । भिनाजुको हत्या गरी फरार भएका मिलन र उनका २० बर्षिय भाइलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

jackson ribon