विराटनगरबाट कोरोनालाई जितेर थप ८ जना डिस्चार्ज

विराटनगर, २६ वैशाख । विराटनगरको काेशी अस्पताल काेभिड १९ उपचार केन्द्रबाट शुक्रबार थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू हुन् ।

पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरले जानकारी दिए ।

डिस्चार्ज हुनेमा ७ जना नेपाली रहेका छन् भने एक जना भारतीय नागरिक रहेका छन् । सात जनामध्ये ५ जना उदयपुरका हुन् भने २ जना विराटनगरका हुन् ।

उनीहरू मध्ये ७ जनालाई विराटनगर १५ रानी स्थित रानी मर्जकमा राखिनेछ ।काेराेना मुक्त भएकी एक महिलालाई हाेम क्वारेन्टाइनका लागि उदयपुर पठाइनेछ ।

यससँगै विराटनगरबाट कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १४ पुगेकाे छ । यसअघि सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए ।

नेपालभर काेराेनाबाट निकाे हुनेकाे संख्या ३० पुगेकाे छ । संक्रमितकाे संख्या १०१ पुगेकाे छ ।

काेराेना मुक्त ३० मध्ये जसमा ३ जनालाई पून काेराेना पाेजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएकाे छ ।

प्रदेश १ काे काेराेना विषेश अस्पतालमा झापाका २, भोजपुरका १ र उदयपुरका २८ गरी कोरोना ३१ जना संक्रमितले उपचार गराइरहेका थिए ।

विराटनगरबाट कोरोनालाई जितेर थप ८ जना डिस्चार्ज

डिस्चार्ज हुनेमा ७ जना नेपाली रहेका छन् भने एक जना भारतीय नागरिक रहेका छन् । सात जनामध्ये ५ जना उदयपुरका हुन् भने २ जना विराटनगरका हुन् ।

Posted by Koshi Online on Friday, May 8, 2020
Loading...