‘नेयमार पीएसजीमै बस्ने’

एजेन्सी, २६ वैशाख । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का मिडफिल्डर लियन्ड्रो पेरेडेसले आफ्ना सहकर्मी तथा ब्राजिलियन स्टार नेयमारले क्लब नछोड्ने बताएका छन् ।

पूर्वक्लब बार्सिलोना फर्किने चर्चामा रहेका नेयमार पीएसजीमै रहनेमा आफू विश्वस्त रहेको पेरेडेसले बताएका छन् ।

ला लिगा च्याम्पियन क्लब पीएसजीले पूर्वक्लब नेयमारलाई अघिल्लो वर्षदेखि नै फर्काउने प्रयत्न गरिरहेको बताइन्छ ।

यता नेयमार पनि क्याप नोउ फर्किन आतुर रहेको बताइएको छ । तर, पेरेडेसले भने नेयमार पीएसजीमै रहने बताएका हुन् ।

‘म नेयमारसँग धेरै नै कुरा गरिरहेको हुन्छु, र उनल पनि मलाई बोलाइरहन्छन्,’ उनले ‘फक्स स्पोर्ट्स’सँगको कुराकानीमा भने ।

‘अहिले हामी लकडाउनका कारण घरमै छौं तर उनले मलाई भिडियो कल गर्छन् र हामी कुरा गर्छौं । उनीले हामीसँगै निरन्तरता दिन्छन्,’ पेरेडेसले भनेका छन् ।

Loading...