सिरी ‘ए’ क्लबका तीन खेलाडीसहित छ जनामा कोरोना संक्रमण

एजेन्सी, २६ वैशाख । इटालियन क्लब फियोरेन्टिनाले आफ्ना तीन खेलाडीसहित ६ जाामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

सिरी ‘ए’ क्लब फियोरेन्टिनाले आफ्ना तीन खेलाडी र तीन टेक्निकल स्टाफमा कोरोना पोजिटिभ देखिएको जनाएको छ ।

बुधबार परीक्षण गर्दा आफ्ना छ जना सदस्यमा कोरोना संक्रमण देखिएको क्लबले विज्ञप्तिमार्फत् जनाएको छ ।

नाम नखुलाइएका उनीहरूलाई आइसोलेसनमा राखेर उपचार थालिएको जनाइएको छ ।

क्लबको विज्ञप्तिमा भनिएको छ, ‘बुधबार मध्याह्न गरेको परीक्षण गर्दा तीन खेलाडी र तीन जना प्राविधिक कर्मचारीमा कोभिड–१९ पोजिटिभ देखिएको छ ।’

इटालियन सरकारले सिरी ‘ए’ क्लबलाई अभ्यास गर्न अनुमति दिएसँगै फ्लोरेन्टिनाका खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण देखिएको हो ।

सरकारले सिरी ‘ए’ क्लबलाई व्यक्तिगत रूपमा अभ्यास गर्न अनुमति दिएको थियो ।

Loading...