birat ribon

प्रदेश १ मा थप ८ जना कोरोना संक्रमित निको भए

Neuro
प्रदेश १  मा थप ८ जना कोरोना संक्रमित निको भए

विराटनगर , २५ बैसाख । विराटनगर स्थित कोरोना अस्पतालमा उपचार गराइरहेका थप ८ जना संक्रमित निको भएका छन ।

उनिहरुलाई भोलि शुक्रबार बिहान डिस्चार्ज गरिने कोशी कोभिड अस्पताल विराटनगरले जनाएको छ ।
उनीहरु सबैमा दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।

cura insider

उपचार गराइरहेका ६ जना निको भएपछि डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् ।

भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

jackson ribon