अमेरिकन फिल्ममा दिदी–बहिनीको भूमिकामा केकी र स्वस्तिमा

विराटनगर, २५ वैशाख । नायिका केकी अधिकारी र स्वस्तिमा खड्का अमेरिकन फिल्ममा अभिनय गर्ने पक्का भएको छ । फिल्मको लागि अनुबन्धित भइसकेको खबर सार्वजनिक भएपनि निर्माण पक्ष तथा फिल्मको टाइटल बारे भने खुलाइएको छैन ।

अभिनेत्री केकी अधिकारीले आफूहरूको सम्झौता भइसकेको तर सम्झौतामा बाँधिएको कारणले फिल्मबारे अन्य कुराहरू खोल्न नमिल्ने बताएकी छिन् ।

निर्माण पक्षसँग यी दुईसँग लिखित सम्झौता पूरा भइसकेको छ । फिल्ममा केकी र स्वस्तिमा दिदी–बहिनीको भूमिकामा देखिने छन् ।

अघिल्लो वर्षको माघमा उनीहरूलाई अडिसनको लागि इमेल आएको थियो । केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो ।

अडिसनको करिब डेढ महिनापछि उनीहरूलाई फिल्मको स्क्रिप्ट उपलब्ध गराइएको थियो र काम गर्न राजी भएपछि मात्र लिखित सम्झौता भएको हो । केकी र स्वस्तिमासँगै अन्य केही नायिकाहरूले पनि अडिसन दिएका थिए ।

फिल्मको अन्य कलाकार भने अमेरिकन नै हुने र फिल्मको सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुने छ । कोरोना महामारीपश्चात स्थिति सामान्य भएपछि फिल्मको छायांकन सुरु हुने भएको छ ।

Loading...