लामो र बलियो नङका लागि घरेलु उपाय

सुन्दर, लामो र बलियो नङहरू कसलाई मनपर्दैन होला । नङले औँलाको शोभा बढाउने काम गर्छ । धेरैजसो महिलाहरूले नङलाई सुन्दर र आकर्षक देखाउनका लागि नङ पालिसको प्रयोग गर्ने गर्छन् ।

तर, कसै कसैको नङहरू एकदम कमजोर हुने गर्छन् । नङ अलिकति बढ्ने बित्तिकै टुट्ने, कजोर हुने, पानीमा भिज्दा वा केही काम गर्नेबित्तिकै नङ भाँच्चिने गर्छ ।

नङ कमजोर हुनु शरीरमा प्रोटिनको कमिका कारण भएको मानिन्छ । तर, केही घरेलु उपायहरूको प्रयोगले पनि नङलाई कडा र सुन्दर बनाउन सकिन्छ ।

सुन्तलाको रस वा कागतीको रस : सुन्तला वा कागतीको रसमा १० मिनेटसम्म नङमा लगाउनुपर्छ । त्यसपछि हातलाई मन तातो पानीले धुनुपर्छ । केही दिनको नियमित प्रयोगले नङहरू छिट्टै बढ्ने र कडा हुने छन् ।

जैतुनको तेल अर्थात् अलिभ ओइल : जैतूनको तेलले नङहरूमा केही मिनेट मसाज गर्दा पनि नङ चाँडै बढ्छन् । जैतुनको तेलमा हुने भिटामिन ईले नङहरूलाई पोषण प्रदान गरी रगत प्रवाहलाई नङसम्म पुर्‍याउने काम गर्छन् ।

लसुन: लसुनको प्रयोग नङ बढाउने उत्तम तरिकामध्ये एक हो । लसुनलाई दुई टुक्रा मा काटेर १० मिनेटसम्म नङमा मसाज गरे जस्तै बिस्तारै रगद्नुपर्छ । केही दिनको प्रयोगमै यसको परिणाम देखिन थाल्छ ।

Loading...