लकडाउनको समयमा कलर कपाललाई हेरचाह गर्ने तरिका

विराटनगर, २५ वैशाख । कपालमा कलर गरेपछि कपाललाई धेरै स्याहार गर्न आवश्यक हुन्छ । कलर गरेको कपालमा स्वाभाविक नरमपन पनि कम हुँदैजान्छ ।

कपाललाई ठीकसँग हेरचाह गर्न नसके कपाल सुक्खा हुने, हाँगा फाट्ने, टुक्रिने, तथा निर्जीव देखिन सक्छ । अहिलेको समयमा मानिसहरू लकडाउनका कारण घरमै हुँदा कपालको हेरचाहको लागि पार्लरमा जान सम्भव छैन ।

तर, गर्मीको समयमा पसिनाले थप समस्या निम्त्याउने हुँदा यस समयमा कपालको विशेष हेरचाह गर्न आवश्यक छ ।

कलर गरेको कपालमा सल्फेट नभएको श्याम्पू र कन्डिशनरको प्रयोग गरी कपाललाई क्षतिबाट जोगाउनु नै उत्तम उपाय हो ।

सही श्याम्पू र कन्डिशनर छनौट गर्नुपर्छ । लामो समयको लागि कलर टिकिरहने र कलर कपालको लागि प्रयोग गरिएको कपाल उत्पादनहरू प्रयोग गर्नुपर्छ ।

कपालमा धेरै बेरसम्म श्याम्पू र कन्डिसनरलाई धेरै समय सम्म राख्न हुँदैन । कपाल सुकाउनका लागि घाममा बस्ने तथा हेयर ड्रायर प्रयोग गर्नु हुँदैन ।

साथै, कपालमा हिट ट्रीटमेन्ट (इलेक्ट्रिकल उपकरणबाट हेयरइस्ताइल)को प्रयोग गर्नु हुँदैन ।

यस्ता उपकरणहरूले कपालमा हाँगा देखा पर्ने, ड्राइ हुने, तथा कपाल टुक्र्याउने काम गर्छ । कपाललाई धुएपछि सिरमको प्रयोग गर्नुपर्छ । सीरमको प्रयोगले कपाललाई ड्राइ र लट्ठा पर्नबाट जोगाउँछ ।

श्याम्पू गर्नुभन्दा पहिले हल्का नरिवलको तेलले कपालमा मसाज गर्दा कपाल नरम हुन्छ । हप्तामा १ पटक हेयर प्याकको प्रयोग गर्नुपर्छ ।

हेयर प्याक बनाउनको लागि केरा, मह र दही लिएर राम्रोसँग मिसाउने र कपालमा लगाउनु पर्छ । त्यसको १ घण्टा पछि कपाललाई धुनुपर्छ । यसो गर्दा कलर गरिएको कपाल छिट्टै बिग्रिँदैन । 

Loading...