birat ribon

लकडाउनमा शव दाहसंस्कार घाट पनि प्रभावित

Neuro
लकडाउनमा शव दाहसंस्कार घाट पनि प्रभावित

यज्ञ अधिकारी
रंगेली, २५ वैशाख । कोरोना संक्रमणमा मृत्यु भएका मानिसहरू दाहसंस्कार गर्ने घाटहरू पनि प्रभावित भएका छन् । विश्वव्यापी रूपमा संक्रमण भइरहेको कोरोना भाइरस संक्रमणले प्रदेश नं १ को राजधानी विराटनगरका शव दाह गर्ने घाटहरू पनि प्रभावित भएका हुन् ।

विराटनगरमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गर्ने मुख्य दुई वटा घाटहरू छन् । हाटखोला र पोखरियामा रहेको घाटमा लकडाउनपछि दाहसंस्कार गर्नेक्रम पचास प्रतिशतले कमी आएको छ ।

cura insider

पोखरीया परोपकार घाटका पुजारी पिताम्बर त्रितालले लकडाउन पछि शव जलाउने कार्यमा पचास प्रतिशत कमी आएको बताए । उनका अनुसार आजकल दैनिक दुईवटासम्म मात्र शवहरू दाहसंस्कारका लागि ल्याइने गरिएको छ ।

हाटखोलास्थित परम विश्रान्ति घाटका रेखदेखकर्ता हीरा पौदारले पहिले दैनिक कम्तिमा २ देखि बढीमा ७ जनासम्म ल्याउने गरेको तर लकडाउन सुरु भएसँगै तीन–चार दिनमा एक दुईवटा शव मात्र आउने गरेको उनले बताए ।

यता, समाजशास्त्री चन्द्र तिम्सिनाले मृत्यु हुनेको संख्या घटेको बताए । ‘यो महामारीका कारण पछिल्लो समय मानिसहरूको दैनिकी बदलिएको छ,’ उनले भने, ‘आफ्नो स्वा स्वास्थ्यलाई लिएर मानिसहरू सजग भएका छन् । यसैले पनि मृत्युदर घटेको हुनसक्छ ।’

लकडाउनले गर्दा सरकारले मलामी जानेको संख्या तोकेको छ । अर्कोतिर यातायातहरू बन्द भएकोले सवारी दुर्घटनाहरू पनि छैनन् ।

jackson ribon