‘एम्बाप्पे बार्सिलोनामा भन्दा रियलमा फिट’

एजेन्सी, फ्रेन्च क्लब मोनाकोका मिडफिल्डर केस फेब्रेगासले विश्वकप विजेता किलियन एम्बाप्पे बार्सिलोनामा भन्दा रियल मड्रिडमा फिट हुने बताएका छन् ।

केही समयअघिबाट स्पेनिस क्लबसँग जोडिएका पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार एम्बाप्पे बार्सिलोनामा भन्दा रियलमा फिट हुने फेब्रेगासको दाबी छ ।

२१ वर्षीय एम्बाप्पे अघिल्लो वर्षयता नै सान्टियागो बर्नाबेउ जाने चर्चामा रहेका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले पनि उनलाई पहिलो प्राथमिकतामा राखेको बताइन्छ ।

यस्तैमा फेब्रेगासले पनि एम्बाप्पेको गन्तव्य रियल नै भएकोमा आफू विश्वस्त रहेको बताएका छन् ।

फेब्रेगासले ‘स्टुडियो स्टाडियो’ नाकम कार्यक्रममा भनेका छन्, ‘उनी एक भोकाएका व्यक्ति हुन्, जो राम्रो गर्न चाहन्छ । किनकी उनको खेल्ने शैली नै राम्रो छ । उनी रियल मड्रिड जस्तो टिममा एकदमै राम्ररी फिट हुन्छन् ।’

उनले थपे, ‘म उसलाई एक मिडफिल्डरको रुपमा हेर्ने गर्छु, उसलाई यस्तो एक फरवार्डको रूपमा मान्छु कि जोसँग म खेल्न चाहन्छु । उनी खाली ठाउँमा उत्कृष्ट तरिकाले अघि बढ्छन् । उनीसँग तीव्र समय छ । उनीसँग एक परिभाषा छ, उनी भोका देखिन्छन् ।’

‘उनी रियल जाने सम्भावना धेरै छ । उनी रियलमा फिट पनि हुन्छन् । बार्सिलोनामा पनि हुन्छन्, तर रियलमा अझ धेरै राम्ररी फिट हुन्छन्,’उनले भने ।

सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका एम्बाप्पेले १ सय ३८ खेलमा ९० गोल गरेका छन् ।

Loading...