birat ribon

ट्रकमा ठोक्किएर युवकको ज्यान गयो

Neuro
ट्रकमा ठोक्किएर युवकको ज्यान गयो

सप्तरी, २५ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सीतापुरमा बिहीबार भएको दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।

cura insider

पूर्वपश्चिम राजमार्गस्थित सवारी साधन मर्मत गर्ने ग्यारेज अगाडि सडक किनारमा रोकिराखेको ना३ख ६१२६ नंको ट्रक पछाडि ठोक्किएर स८प ५६२९ नंको मोटरसाइकल सवार अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ प्रसवनीका २३ वर्षीय विक्रम सरदारको घटनास्थलमै मृत्यु भएको स्थानीय तारकेश्वर सिंहले जानकारी दिए ।

उनीसँगै मोटरसाइकल पछाडि रहनुभएका सोही ठाउँका २६ वर्षीय तरुण सरदार गम्भीर घाइते भएको छन् ।

घाइते तरुणलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । उनीहरू बिहानै माछा मार्न घरबाट निक्लिएको स्थानीय रमेश चौधरीले जानकारी दिए ।रासस

jackson ribon