बार्सिलोनाका खेलाडी मैदान फर्किए

एजेन्सी, २५ वैशाख । स्पेनिस क्लब बार्सिलोनाका खेलाडी प्रशिक्षण मैदान फर्किएका छन् ।

कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउँदै बार्साका खेलाडीहरू बुधबारबाट प्रशिक्षण मैदान फर्किएका हुन् ।

२ महिनायता बार्सिलोनाका खेलाडीहरूबीच भेटघाट भएका थिएन । कोरोना भाइरस महामारीपछि उनीहरू होम क्वारेन्टाइनमा रहेका थिए ।

तर, प्रशिक्षण गर्न अनुमति पाएसँगैै बार्सिलोनाका खेलाडीहरू मैदान फर्किएका हुन् ।

उनीहरू कोरोनाबाट सतर्कता अपनाउँदै मास्क–पञ्जा लगाएर उनीहरू प्रशिक्षण मैदान उत्रिएका थिए ।

कोरोना भाइरस परीक्षण र शरीरको तापक्रम नापेर उनीहरू मैदान प्रवेश गरेका थिए ।

कोरोना परीक्षणको नतिजा भने केही दिनपछि आउने बताइएको छ । नेगेटिभ आउने खेलाडीले प्रशिक्षण गर्न पाउनेछन् ।

Loading...