फिट रहन राजेश हमालको व्यायाम (भिडियो)

विराटनगर, २५ वैशाख । नेपाली चलचित्रका महानायक राजेश हमाललाई लकडाउनको समयमा बाहिर निस्किन नपाएपछि घरमै आफूलाई व्यस्त राख्‍ने प्रयास गर्दै आएका छन् ।

सामाजिक संजालमा बढी सक्रिय बनेका उनी हरेक दिन सामाजिक सञ्जालमा कुनै न कुनै तस्विर वा भिडियो अपलोड गरिरहेका हुन्छन् ।

यसै क्रममा उनले आफ्नो आधिकारिक इन्स्टाग्राम मार्फत लकडाउनको बेलालाई सदुपयोग गर्दै व्यायाम गरेको सानो भिडियो पोस्ट गरेका छन् ।

सार्वजनिक गरिएको भिडियोमा उनलाई हेभिङ गरिरहेको देखिन्छन् । साथै भिडियोबाट उनले निरन्तर आफ्नो व्यायाममा ध्यान दिइरहेको पनि प्रष्‍ट देखिन्छ ।

लकडाउनको समय आफूलाई फिट राख्नको लागि र आफ्नो स्वस्थ्यलाई ख्याल गर्दै उनी निरन्तर व्यायाम गर्दै छन् ।

उनले घरमै बसिरहेका बेला गरिने हरेक गतिविधिदेखि लिएर कोरोना सचेतनासमेत सामाजिक सञ्‍जालबाटै दिइरहेका छन् ।

View this post on Instagram

Keep pulling..

A post shared by Rajesh Hamal (@hamalrajesh) on May 6, 2020 at 12:17am PDT

Loading...