बुन्डेसलिगा अर्को साताबाट सुचारु गर्न अनुमति

एजेन्सी, २५ वैशाख । जर्मन फुटबल लिगले यसै महिना शीर्ष डिभिजनको लिग बुन्डेसलिगा सुचारु गर्न अनुमति दिएको छ ।

बुधबार जर्मन कुलाधिपति एन्जेला मार्केलले जर्मनीका १६ क्षेत्रीय राज्यहरूमा लिग सुचारु गर्न अनुमति दिएकी हुन् ।

सरकारबाट अनुमति पाएसँगै बुन्डेसलिगा अर्को साता अर्थात् १५ मेबाट सुचारु गरिने भएको छ ।

कोरोनाका कारण स्थगित लिग आगामी साताबाट सुचारु हुने डीएफएलले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

डीएफएलका प्रशासनिक अधिकृत क्रिस्टियन सेइफेर्टले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘आजको निर्णय शीर्ष डिभिजनको बुन्डेसलिगा र दोस्रो डिभिजिनको बुन्डेसलिगाका लागि खुशीको खबर हो । अब सम्पूर्ण क्लबहरूले सरकारको स्वास्थ्यसम्बन्धी नियमलाई पालना गर्दै लिग सुचारु गर्न सक्छौं ।’

क्लब र डीइफबीका सदस्यहरूले लिग सुचारुको निर्धारित मितिको विषयलाई अन्तिम रूप दिन आज भेटघाट गर्ने अपेक्षा गरेका छन् ।

जर्मनका केही क्लबहरूले केही साता अगाडिदेखि नै प्रशिक्षण सुरु गरेका छन् । केही समयअघि नै खेलाडीहरूले कोरोना परीक्षण गरिसकेका छन् ।

Loading...