इन्टर मिलानको प्रशिक्षण पुनः स्थगित

एजेन्सी, २५ वैशाख । इटालियन क्लब इन्टर मिलानको प्रशिक्षण पुनः स्थगन भएको छ ।

बुधबारबाट गर्ने भनिएको प्रशिक्षण इन्टरले आफ्ना सम्पूर्ण खेलाडीमा कोरोना भाइरस परीक्षण भइनसकेको भन्दै स्थगन गरेको हो ।

यसअघि इन्टरले बुधबारबाट प्रशिक्षण गर्ने योजना बनाएको थियो ।

सामाजिक दूरीसहित खेलाडीको व्यक्तिगत अभ्यास गर्ने इन्टरको योजना थियो तर सम्पूर्ण खेलाडीमा कोरोना परीक्षण भइनसकेपछि उसले ट्रेनिङ स्थगन गरेको हो ।

कोरोनाको कारण इन्टरका एक फिजियोलाई समेत अस्पताल भर्ना गरिएको छ । कोरोनाकै कारण गत मार्चबाट सिरी ‘ए’ स्थगित गरिएको छ ।

Loading...