डेबाला कोरोनामुक्त

एजेन्सी, २५ वैशाख । इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डेबाला कोरोना भाइरस (कोभिड–१९) बाट मुक्त भएका छन् ।

युभेन्टसले आफ्ना फरवार्ड डेबाला कोरोनाबाट निको भएको पुष्टि गरेको छ ।

अर्जेन्टिनी स्टार डेबालामा मार्चमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसयता उपचाररत उनको पछिल्लो परीक्षण भने नेगेटिभ आएको युभेन्टसले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।

एक साता अगाडि गरिएको उनको टेस्ट पोजिटिभ आएको थियो ।

बुधबार विज्ञप्ति जारी गर्दै युभेन्टसले भनेको छ, ‘पाउलो डेबालाको पछिल्लो स्वाब परीक्षण नेगेटिभ आएको छ । उनी अब यसबाट निको भइसकेका छन् ।’

यसैगरी डेबालाले पनि इन्स्टाग्राममा आफू कोभिड–१९ बाट निको भएको बताएका छन् ।

‘मेरो अनुहारले भन्दैछ कि म अब कोरोनाबाट निको भइसकेको छु,’ उनले लेखेका छन् ।

Loading...