स्वदेशी उद्योग प्रर्वद्धन गर्ने बजेट आउनु पर्ने

काठमाडौं, २४ बैशाख । स्वदेशी उद्योगहरुको प्रवद्र्धन तथा संरक्षणका लागि बजेटले व्यवस्था गर्नुपर्ने विषयमा सांसदहरुले सम्बन्धित मन्त्रालय र उद्योगीहरुसँग छलफल थालेका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले बुधबार आयात निर्यात, भन्सार महसुल, अनुदान लगायतमा बजेटले सम्बोधन गर्नुुपर्ने विषयमा छलफल चलाएको हो ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले चिनि उद्योगको लागत घटाउनको लागि उखु किसानलाई अनुदान र चिनी उद्योगलाई भ्याट फिर्ता दिइएको बताए ।


उनले लकडाउनले देश ठप्प भएको अवस्थामा चिनीको माग घटेको तर त्यसैलाई आधार मानेर बजेटमा थप सुविधा दिन सक्ने ठाउँ नरहेको बताए ।

मन्त्रालयका अर्का सचिव चन्द्र कुमार घिमिरेले आयातित चिनीमा ४० प्रतिशत भन्सार दर लगाइएको तर अझै ६० प्रतिशत सम्म पु¥याउने ठाउँ रहेको बताए । तर स्वदेशी उद्योगको संरक्षणका लागि आयातमा कोटा तोक्नु नै उत्तम हुने उनले बताए ।

समितिको बैठकमा अन्य उद्योगको विषयमा समेत छलफल भएको थियो । उद्योगीहरुले नेपालका उद्योगहरुको संरक्षणका लागि सरकारले अझै केही सहुलियत दिनुपर्ने बताएका छन् ।

टेलिभिजन उद्योग, कपडा उद्योग, लगायत अन्य उद्योगका लागि आयातित कच्चा पदार्थमा सरकारले थप भन्सार छुटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले टेलिभिजन उद्योगमा सरकारले कुनैपनि अनुदान नदिएको बताउनुभयो । उहाँले स्वदेशमै टेलिभिजन उत्पादन गर्नुभन्दा आयात गर्न सस्तो पर्ने बताए ।

टेलिभिजनको कच्चापदार्थ आयतमा तयारी टिभीमा भन्दा महँगो भन्सार पर्ने भएकाले टिभी उद्योगहरु बन्द हुने अवस्थामा पुगेको बताए ।

चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा वार्षिक ६०÷७० हजार थान टेलिभिजनको बजार रहेको तर स्वदेशमा उत्पादन हुने टेलिभिजनले आयातित टेलिभिजनसँग प्रतिस्प्रधा गर्न नसक्ने अवस्था रहेको बताए ।

उद्योगीहरुले सरकारले तयारी वस्तु आयात र पदार्थ आयातमा लगाउने भन्सार दर एकै हुन नुहने बताएका छन् ।

उनिहरुले कुनैपनि उद्योगको लागत अन्तशुल्क कै कारण उच्च रहेको र यसले आयातित वस्तुसँग प्रतिस्प्रधा गर्न नसक्ने बताएका छन् ।

Loading...