रणवीर र आलियाले ‘ब्रह्मास्त्र’को पारिश्रमिक नलिने समाचार फैलेपछि बोले करण

‘ब्रह्मास्त्र’ लाई व्यावसायिक रूपमा व्यवहारिक बनाउनको लागि बलिउडका चर्चित अभिनेता रणबीर कपूर, अभिनेत्री आलिया भट्ट र निर्देशक अयान मुखर्जीले स्वैच्छिक तलब कटौती गरेको खबरहरू सार्वजनिक भएका छन् ।

कोरोनाका कारण रिलिजको तयारीमा रहेका चलचित्र रिलिज हुन नपाएपछि निर्मातालाई केही राहत होस् भन्ने उद्धेश्यले उनीहरूले चलचित्रबाट लिने पारिश्रमिकमा छुट दिएको भनिएको छ ।

तर, फिल्म निर्माता करण जौहरले उनको आगामी निर्माण ‘ब्रह्मास्त्र’ को टोलीले चलिरहेको कोभिड १९ लकडाउन बीचमा तलब कटौती गरेको र गर्नु पर्ने खबरहरूलाई खारेज गरेका छन् ।

उनले सबैलाई अफवाहको आधारमा निष्कर्षमा जानुभन्दा आधिकारिक घोषणाको लागि कुर्नु अनुरोध गरेका छन् ।

करणले मिडिया मित्रहरुलाई फिल्महरूमा कुनै पनि धारणामा नपुग्नको लागि आग्रह गर्दै यो व्यवसायको लागि चुनौतीपूर्ण समय हो र गलत समाचारले अवस्थालाई झनै नराम्रो बनाउँछ भनि ट्वीट गरेका छन् ।

धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको फिल्ममा रणवीर र आलियाका साथ अमिताभ बच्चन, नागार्जुन र मौनी रोयको मुख्य भूमिका रहेको छ ।

Loading...