birat ribon

राहत माग्दै लकडाउनमा महानगरपालिकाको कार्यालय घेराउ

Neuro
राहत माग्दै लकडाउनमा महानगरपालिकाको कार्यालय घेराउ

विराटनगर, २४ वैशाख । राहत माग्दै विराटनगर महानगरपालिका-१५ का स्थानीयले महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

बुधबार दिउँसो दोस्रो चरणको राहत माग गर्दै महानगरपालिका घेराउ गरेका हुन् ।

cura insider

पहिलो चरणमा महानगरपालिकाले १२ किलो चालम दाल, आलु र तेल वितरण गरेको थियो ।

तर, काम गर्न पनि नपाएको र थप राहत पनि नपाएकाे बताउँदै  महानगरपालिका आएका हुन् ।

‘महागरले १० किलोजति चामल दियो, ८ जनाको परिवारलाई कति दिन पुग्छ ?,’ उनले भने, ‘हामीलाई काम गर्न दिनुपर्छ । होइन भने राहत वितरण गर्नुपर्‍यो ।’

पहिलो चरणमा २६ हजार परिवारलाई राहत वितरण गरेको विराटनगर महानगरपालिकाले दास्रो चरणको राहत वितरणको तयारी गरिरहेको छ ।

jackson ribon