मृत्युपछि गुगलमा ऋषि कपूरको खोजी बढ्यो

एजेन्सी, २४ वैशाख । बलिउडका अभिनेता ऋषि कपुरको निधनले भारतमा मात्र नभएर भारत बाहिरका फ्यानहरूलाई समेत झट्का दिएको छ ।

३० अप्रिलमा मुम्बईस्थित रिलायन्स अस्पतालमा उनको निधन भएको हो ।

विश्वभरका व्यक्तिहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् ।

रिपोर्टका अनुसार उनको मृत्युपछि उनको नाम भारतमा ७ हजार प्रतिशत बढी खोजी गरिएको थियो भने विश्वव्यापी रूपमा ६ हजार ७ सय  प्रतिशतको वृद्धि देखिएको छ।

नवभारत टाइम्सका अनुसार मृत्युपछि गरिएका १४ हजारभन्दा बढी ट्वीट्सले, ऋषि कपूर विश्वव्यापी रूपमा कति लोकप्रिय थिए भन्ने कुरा यो संसार छोडेपछि थाहा भएको छ ।

मृत्युपछि उनलाई गुगलमा धेरै खोजिन थालेको छ । त्यस्तै उनको मृत्युको खबरपश्चात् उनको नाम १४ हजार ३ सय ९४ जनाले ट्विट गरेका छन् ।

 यसका साथै ऋषिको मृत्युपश्चात् सामाजिक सञ्जालमा धेरै प्रयोगमा आउने इमोजीमध्ये २ हजार ९ सय ८८ पटक प्रयोगमा आएपछि शकिंग वाला इमोजी सबैभन्दा धेरै प्रयोग भएको इमोजी बनेको छ ।

त्यस्तै, ब्रोकन हार्ट, दुवै आँखाबाट आँशु बगिरहेको, एउटा आँखाबाट मात्रै आँशु खसेको, बुके वाला कालो टुटेको हार्ट इमाजीहरू धेरै प्रयोगमा आएका छन् ।

Loading...