साने बायर्न जान सहमत, पाँच वर्षे सम्झौता गर्दै

एजेन्सी, २४ वैशाख । इंग्लिस क्लब म्यानचेस्टर सिटीका स्टार खेलाडी लिरोय साने जर्मन क्लब बायर्न म्युनिख नजिक पुगेका छन् ।

जर्मनीको मिडिया ‘स्पोर्ट्स वाइल्ड’का अनुसार २४ वर्षीय साने बायर्न जान सहमत भएका छन् ।

जर्मन फुटबलर सानेसँग बायर्नले पाँच वर्षे सम्झौता गर्न लागेको स्पोर्ट्स वाइल्डको दाबी छ ।

प्रिमियर लिग च्याम्पियन सिटी र बुन्डेसलिगा विजेता बायर्नले छलफल गरेर जर्मनका विङ्गर सानेको सरुवाको विषयमा टुंगो लगाइने बताइएको छ ।

साने केही वर्ष अगाडिबाट नै बायर्नसँग जोडिएका छन् । बीचमा घाइते भएपछि उनको सरुवा टुंगो लागेको थिएन । उनी २०१६ यता सिटीबाट खेलिरहेका छन् ।

Loading...